मनोरञ्जन चलिरहेको फ्लिम

गणतन्त्र नेपालका नेताहरु पंचायत हेर्दै …

गणतन्त्र नेपालका नेताहरु पंचायत हेर्दै …

काठमाडौँ । ५० वर्ष पुरानो कथामा निर्माण भएको चलचित्र पंचायतको ‘प्रिमियर-शो’ आज सम्पन्न भएको छ। ‘प्रिमियर-शो’ हेर्न पूर्वप्रधानमन्त्री झलनाथ खनालदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्मका नेता कुमारी हलसम्म पुगेका छन्।

 

सरोज खनाल र निता ढुंगानाको मुख्य भूमिका रहेको चलचित्र पंचायत ग्रामिण परिवेशमा निर्माण भएको छ। आज बेलुकी भएको चलचित्रको ‘प्रिमियर-शो’ हेर्न प्रचण्ड, खनालसँगै उद्योगमन्त्री मातृका प्रसाद यादव, वर्षमान पुन, ओनसरी घर्ती, जनार्दन शर्मा, योगेश भट्टराईलगायतका नेता हलसम्म पुगेका हुन्।

 

शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको यो चलचित्र गणेश गिरी तथा रवी अधिकारीले निर्माण गरेका हुन्। पहिलेको न्यायप्रणाली, महिलामाथि हुने अत्याचार तथा सामाजिक विकृतिलगायतका विषय समेटिएको यो चलचित्रमा खनाल र ढुंगानासँगै रुपा राना, गणेश गिरी, बिशाल पहाडी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।

विशेष