छाेरीकाे जन्मदर्ता गर्न पाँच बिरुवा रोप्न अनिवार्य
चन्द्रनगर गाउँपालिकाले पाँच वटा बिरुवा रोपे मात्र छोरीको जन्मदर्ता गर्ने भएको छ । १०८ औं महिला दिवसको अवसरमा हिजो गाउँपालिकाले यस्तो निर्णय लिएको हो ।
याे खबर सर्लाहीकाे हाे ।
गाउँलाई हराभरा र स्वच्छ बनाइराख्न जन्मदर्ता लिनुभन्दा पहिलो छोरीको नममा पाँच वटा बिरुवा रोपेमात्र सेवा लिन आउन गाउँपालिकाले स्थानीयलाई आग्रह गरेको छ ।
त्यहाँबाट प्रतिनिधित्व गर्ने सबैले छोरी शिक्षित भए मात्र समाज उन्नत र परिवार शिक्षित हुने भन्दै गाउँपालिकाको निर्णयलाइ साथ दिएका छन् ।