मुख्य समाचार प्रदेश ३

दाेलखामा नमूना बस्ती बनाउन सरकारले ७ कराेड दिँदै

दाेलखामा नमूना बस्ती बनाउन सरकारले ७ कराेड दिँदै

दोलखा । दोलखाकाे भीमेश्वर नगरपालिका–४, फस्मी र डिही गाउँमा १८३ वटा नमूनायोग्य घर तथा एकीकृत नमूना बस्तीको पूर्वाधार निर्माणका लागि सरकारले ७ करोड ३२ लाख रूपैयाँ विनियोजन गरेको छ।

 

सो रकम पुनःनिर्माण प्राधिकरणले विनियोजन गरेको हो। प्राधिकरणले शहरी विकास डिभिजन कार्यालयलाई एकीकृत नमूना बस्तीमा सडक, खानेपानी, विद्युत, नाला, ढल र सामुदायिक भवन निर्माण गर्न ७ करोड ३२ लाख रूपैयाँ विनियोजन गरेको बताइएकाे छ ।

 

विपन्न नागरिकको बसोबास भएको यस बस्तीमा एकै खालका घर निर्माण गर्न उनीहरूले माग गरेपछि सरकारले सहयाेग गर्ने भएकाे हाे । स्थानीय अगुवाहरूका अनुसार एकीकृत नमूना बस्तीको लागि डिटेल प्रोजेक्ट पूरा गरी पुनः निर्माण प्राधिकरणमा पेश गरेपछि पूर्वाधार निर्माणका लागि सरकारले विनियोजन गरेकाे हाे ।

 

सदरमुकाम चरिकोटबाट नजिकै रहेको यो बस्ती नमूनायोग्य ठाउँ बन्ने विश्वास धेरैकाे छ । साथै होमस्टेका लागि पनि उपयुक्त हुने स्थानीयकाे अाशा छ । 

 

विशेष