नेपाल सरकारकै कमजाेरीले १४ खर्ब विदेशी लगानी राेकियाे
एक वर्षअघि अन्तर्राष्ट्रिय लगानी सम्मेलनकाे क्रममा विभिन्न दाताहरूले १४ खर्ब बराबरको लगानी भित्र्याउने बाचा गरेका थिए । तर नेपाल सरकारकै कारणा अहिलेसम्म एक रूपैयाँ पनि भित्रिएको छैन । अन्तर्राष्ट्रिय सम्मेलनमा सात मुलुकका १७ व्यक्तिगत लगानीकर्ता तथा कम्पनीहरूले नेपालमा १३ अर्ब ५२ करोड ८० लाख ५० हजार अमेरिकी डलर ९करिब १४ खर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।
लगानी बोर्डका अनुसार अहिलेसम्प्रम लगानीकाे लागि कुनै प्रगति भएकाे छैन । बोर्डका अनुसार फाट्टफुट्ट केही लगानीकर्ता सम्पर्कमा छन् । तर हालसम्म लगानी गर्ने प्रक्रिया कसैले अघि बढाएका छैनन् ।
एक वर्षपहिले उद्योग मन्त्रालय र बोर्डले काठमाडाैंमा दुईदिने लगानी सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा २१ राष्ट्रका २ सय ५७ जना लगानीकर्ताहरू सहभागी थिए । सहभागीमध्ये १७ व्यक्तिगत लगानीकर्ता तथा कम्पनीहरूले लिखित रूपमै नेपालमा लगानी गर्ने रकम उल्लेख गरेका थिए ।
तर नेपालका सरकारी निकायले नै अाफ्नाे याेजना स्पष्ट पार्न नसक्दा लगानी आउन नसकेको बुभिएकाे छ । यसबारे जानकारहरू भने विदेशी दाताहरू नेपालमा लगानी गर्न इच्छुक रहेकाे बताउँछन् । नेपाल सरकारसँग भने कुन आयोजनामा कसरी लगानी गर्न दिने भन्ने विषयमा स्पष्ट खाका नभएकाे उनीहरूकाे गुनासाे छ ।