देश

मेलम्ची खानेपानी आयोजनामा ‘ब्रेक थ्रु’ काे काम सकियाे

मेलम्ची खानेपानी आयोजनामा ‘ब्रेक थ्रु’ काे काम सकियाे

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ‘ब्रेक थ्रु’ गर्ने काम सकिएको छ । आयोजनाको सिन्धु–ग्याल्थुम खण्डको अन्तिम ब्रेक थ्रुको काम सकिएको हो ।


यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । यो सँगै २६ किलोमिटर सुरुङ खन्ने काम पनि सकिएको छ । मुख्य संरचना, भेट साफ्ट तथा सुरुङको केही काम बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । सन २००८ मा सुरु भएको यो आयोजना आउने जुनसम्ममा सकिने भएको छ । यो आयोजना सकिएसँगै उपत्यकामा  १७ करोड लिटर पानी आउने छ ।


बिहीबार प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरेर मेलम्ची खानेपानी आयोजनाका निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए । उनले सुरुङमा गरिएको अन्तिम ब्लाष्टको खबर भर्खरै आएको पनि बताए । उनले मेलम्ची आयोजना सम्पन्न भएकोमा देशले नै उत्सव मनाउने गरी खुशीयाली छाएको बताए ।


खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनु ठूलो उपलब्धि र उत्साह भएको बताए । उनले मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको आयोजना भएको बताउँदै दसैँ अगावै उपत्यकावासीलाई पानी उपलब्ध गराउनु आफ्नो प्रमुख कार्यभार भएको बताए । 

मेलम्ची खानेपानी आयोजना ब्रेक थ्रु

विशेष