मनोरञ्जन चाडै आउदैछ

पहिलोपटक सलमान खान प्रहरीहरुमाथि आधारित टीभी सिरियल बनाउने तयारी गरे

पहिलोपटक सलमान खान प्रहरीहरुमाथि आधारित टीभी सिरियल बनाउने तयारी गरे

दुई रात जेलमा बिताएर निस्केका बलिउड अभिनेता सलमान खानले अब प्रहरीहरुमाथि आधारित टीभी सिरियल बनाउने तयारी गरेका छन् । दबंग सिरिजका फिल्महरुमा प्रहरीको भूमिका निभाउने सलमानले बनाउने सिरियलको कथा प्रहरी अधिकारीहरुको जिन्दगी र उनीहरुको चुनौतिको वरिपरी रुमल्लिने छ ।

 

यस सिरियलका लागि लीड स्टार कास्ट पनि फाइनल भइसकेका छन् । मुम्बई मिररको समाचार अनुसार सलमानले यस सिरियलका लागि अभिनेता मुकुल देव र अभिनेत्री पूजा गौरलाई साइन गराएका छन् । मुकुलदेवले थुप्रै फिल्म र टीवी शोहरुमा काम गरिसकेका लोकपि्रय अभिनेता हुन् । हालै उनी टीवी सिरिज ‘२१ सरफरोशः सारगढी १८९७’ मा देखिएका थिए ।

 

अभिनेत्री पूजा गौर तीन वर्षपछि टीवीमा पुनरागमन गर्दैछिन् । यसभन्दा अगाडि उनले मेडिकल ड्रामा ‘एक नई उम्मीद रौसनी’ मा डाक्टरको भूमिका निभाएकी थिइन् । टीभी सिरियल ‘मनकी आवाज प्रतिज्ञा’ बाट उनी लोकप्रिय भएकी थिइन् ।

 

सलमान खानको सीरियलको स्त्रिmप्ट श्रीधर राघवनले तयार गरिरहेका छन् । राघवनले यसभन्दा अगाडिठ रोहन सिप्पीको फिल्म ब्लफमास्टर तथा राजकुमार सन्तोषीको फिल्म खाकी को कथा लेखेका थिए । सलमानको सिरियल आउँदो मे महिनादेखि अनएयर हुन सक्ने बताइएको छ ।

 

सलमानले थुप्रै फिल्महरुको सहनिर्माण गरिसकेका छन् । उनी लामो समयदेखि टीभी सिरियलमा हात हान्ल चाहन्थे । उनी चाँडै नै रियालिटी शो ‘दसका दम’ होस्ट गर्ने तयारीमा छन् ।

सलमान खान टीभी सिरियल

विशेष