समाज

दुई लाख घूससहित मातपोत कार्यालय सुर्खेतका दुई खरिदार पक्राउ

दुई लाख घूससहित मातपोत कार्यालय सुर्खेतका दुई खरिदार पक्राउ

 सुर्खेत । सेवाग्राहीबाट लिएको दुई लाख घूससहित जिल्ला मालपोत कार्यालय सुर्खेतका दुई जना कर्मचारी पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले मालपोत कार्यालयका दुईजना खरिदारलाई दुई लाख घूससहित पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा खरिदारद्वय ओमबहादुर सुनार र धर्मराज सुवेदी रहेको सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

 


सेवाग्राहीबाट घूस लिएको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।

 


उनीहरुले एक जना सेवाग्राहीको मोही वापत प्राप्त हुने जग्गाको नियमानुसार हुने कामलाई नगरी दुःख दिएको र उक्त काम छरितो गरिदिने भन्दै दुई लाख घूस लिएका थिए ।

 


उक्त घूस बाँड्ने क्रममा उनीहरुलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ ।

घूस मातपोत कार्यालय सुर्खेत

विशेष