रोजगार मुख्य समाचार

निजामती कर्मचारीका श्रीमान् श्रीमती एकै ठाउँमा !

निजामती कर्मचारीका श्रीमान् श्रीमती एकै ठाउँमा !

काठमाडौं । श्रीमान् श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ। सरकारले तयार पोरको नयाँ मापदण्डमा यस्तो व्यवस्था छ। 

 

मापदण्ड छिट्टै मन्त्रिपरिषदबाट स्वीकृत गराउने तयारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छ। देशभरका ७५३ स्थानीय तहमा लागि ५७ हजार दरबन्दी स्वीकृत भएलगत्तै सरकाले त्यहाँ कर्मचारी खटाउन मापदण्ड तयार गरेको हो। 

 

‘श्रीमान् र श्रीमती दुवै सरकारी जागिरे भए कर्मचारी खटाउँदा दरबन्दी भएसम्म दुवैलाई एउटै स्थानीय तहमा खटाउने नभए नजिकैको स्थानीय तहमा खटाइनेछ,’ मापदण्डमा भनिएको छ, ‘एउटै स्थानीय तहमा खटाउन दरबन्दी नभएकमा एउटै जिल्लाभित्र पर्ने गरी सरुवा व्यवस्था मिलाइनेछ।’

 

 श्रीमान् श्रीमती फरकफरक ठाउँमा रहँदा कर्मचारी सरुवा मिलाउन दौडधूपमा लागिरहने र कामसमेत प्रभावकारी नहुने भएकाले दुवैलाई एकै ठाउँमा सरुवा मिलाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए। याे खबर अाजकाे नागरिक दैनिकमा छ ।
 

कर्मचारी श्रीमान् श्रीमती एकै ठाउँमा

विशेष