मुख्य समाचार

अाेलीले सरकारमा फाेरम र राजपालार्इ कहिले ल्याउछन् ?

अाेलीले सरकारमा फाेरम र राजपालार्इ कहिले ल्याउछन् ?

काठमाडौं । संविधानतः २५ जना मात्रै मन्त्री हुन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले २२ मन्त्री बनाइसकेका छन्। अब तीनजनालाई मात्रै मन्त्री बनाउन सकिन्छ।

 

त्यस्तै, सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी दुईवटा मन्त्रालय मात्र  बाँकी छन् । दुई मन्त्रालय र तीन सिटमा फोरम र राजपालाई अटाउन असम्भव प्रायः छ। 

 

यस्तो अवस्थामा प्रधानमन्त्रीले एउटा दललाई मात्र लिन सक्छन् र त्यसका लागि फोरम उनको प्रथमिकतामा छ । दुवै दललाई मिसाउन मन्त्रिपरिषद्सम्बन्धि संवैधानिक व्यवस्था नै परिमार्जन गर्नुपर्छ। 

 

फाेरमले अधिकतम दुई मन्त्री र एक राज्यमन्त्री पाँउछ। एउटा मन्त्रीमा उपेन्द्र यादवको नाम निश्चित छ । ६ सदस्यीय अध्यक्ष मण्डलका दुई सदस्य राजेन्द्र महतो र शरत्सिंह भण्डारी सरकारमा जाने पक्षमा छन् । याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।

फाेरम राजपा

विशेष