मुख्य समाचार

मन्त्रीका नाममा संसद् सचिवालयमा बेरुजु

मन्त्रीका नाममा संसद् सचिवालयमा बेरुजु

काठमाडौं । मन्त्री भएका सांसद्का नाममा संसद् सचिवालयमको आर्थिक प्रशासन शाखामा बेरुजु देखिएको छ। शाखाले केही मन्त्रीले हिसाब मिलान नगरेको जानएको छ।

 

शाखाका लेखापाल बैकुण्ठ उदासले मन्त्रीले सांसदबापत भएको रकम फिर्ता गर्नुपर्ने जनाएका हुन्। ‘सांसद्लाई खातामा पैसा हालिदिने गरेका छौँ तर मन्त्री भइपछि प्रधानमन्त्री कार्यालयबाट तलब पाउँछन्,’, उनले भने, ‘ सांसद् भएर मन्त्री नहुँदा जति दिनको बढी पैसा गएको छ फिर्ता माग्छौँ।’

 

उदासले महिनालाई दिनमा गणना गरी हिसाब मिलान गरिने बताए। सांसद्लाई यसअघिको संसद्को कार्यकाल रहँदा महिनाको सुरुमा नै तलब उपलब्ध गराइन्थ्यो। यसपालि सांसद्ले फागुन महिनाको तलब बुझेका छन्।  

 

महिनाको अन्तिममा मात्र तलब दिने संसद् सचिवालयको तयारी छ। २०५२ सालमा बनाइएको सांसद् सुविधा ऐनले महिनाको सुरुमा नै तलब उपलब्ध गराउने व्यवस्था गरेकाले सचिवालयले यसअघिको संसदमा महिनाको सुरुमा नै तलब खुवाएको थियो।

 

‘ऐनमा नै उल्लेख भएपछि केही भन्न मिलेन र त्यसैगरी तलब दियौँ’,शाखाका एक कर्मचारीले भने, ‘अब भने महिनाको अन्त्यमा मात्र तलब दिन्छौँ। याे खबर अाजकाे नेपाल समाचारपत्रमा  छ ।
 

मन्त्री संसद् बेरुजु

विशेष