खेल

आईपीएलः सनराइजर्स हैदरावादसँग जस्थान रोयल्स ९ विकेटले पराजित

आईपीएलः सनराइजर्स हैदरावादसँग जस्थान रोयल्स ९ विकेटले पराजित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले विजयी सुरुवात गरेको छ  । सोमबार राति भएको आफ्नो पहिलो खेलमा राजस्थान रोयल्सलार्इ ९ विकेटले पराजित गर्दै सनराइजर्सले विजयी सुरुवात गरेको हो ।

 

राजिब गान्धी क्रिकेट स्टेडियममा राजस्थानले दिएको १२६ रनको लक्ष्य घरेलु टोली सनराइजर्सले १५ ओभर ५ बलमा मात्र एक विकेट गुमाएर पुरा गर्यो । सनराइजर्सको जितमा शिखर धवनले अविजित ७७ रनको योगदान दिए । विस्फोटक ब्याटिङ गरेको धवनले ५७ बलमा १३ चौका र १ छक्का प्रहार गरेका थिए ।

 

यस्तै सनराइजर्सका कप्तान केन विलियमसनले अविजित ३६ रन जोड्दा रिद्दिमान साह ५ रनमा आउट भए । राजस्थानका जयदेव उनाडकटले १ विकेट लिए  ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभर खेल्दै ९ विकेट गुमाएर १२५ रनको योगफल तयार गरेको थियो । राजस्थानको लागि सन्जु सामसनले सर्वाधिक ४९ तथा श्रेयस गोपालले १८ रन बनाए  ।

 

त्यस्तै राजस्थानका राहुल त्रिपाठीले १७, कप्तान अजिन्का रहानेले १३ रन जोडेपनि अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्ने सकेनन्  । राजस्थानलाई सस्तैमा समेट्न सनराइजर्सका सिद्धार्थ काउल र शाकिब अल हसनले समान  कोलकाताका नितिस राना र विनय कुमारले समान २ – २ विकेट लिए ।

 

यो जितसँगै सनराइजर्स हैदरावादले लिगमा २ अंक जोडेको छ । राजस्थानविरुद्धको शानदार जितसँगै सनराइजर्स शीर्ष स्थानमा पुगेको छ । पराजित राजस्थान लिगको पुछारमा रहेको छ । लिगमा कोलकाता नाइटराइडर्स, किङस इलाभेन पन्जाब र चेन्नई सुपर किङसले पनि समान २ – २ अंक जोडेका छन् ।
 

सनराइजर्स हैदरावाद जस्थान रोयल्स

विशेष