प्रवास

मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

जाेहरबारु । उपचारको क्रममा मलेसियामा एक नेपालीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको पिपलचौताराका प्रकाश घलेको आइतबार मृत्यु भएको हो ।

 

प्रकाश मलेसियाको जोहरबारुस्थित जिआरसी एसडिएन बिएचडी कम्पनीमा कार्यरत थिए । तग २० गते बिहान ओछ्यानबाट उठन नसकेपछि उनलाई अस्पताल लगिएको थियो । उनका साथीका अनुसार ओछ्यानबाट उठ्न नसकेका प्रकाशकाे शरीरको एक भाग नचल्ने समस्या देखिएकाे थियाे । 

 

उनको तीन वर्षे करार अवधि सकिन एक महिना मात्रै बाँकी थियो । त्यसैले घर फर्किने तयारी गरिरहेका थिए।

विशेष