समाज

चरणवद्ध आन्दोलनमा जाने यातायात व्यवसायीकाे तयारी

चरणवद्ध आन्दोलनमा जाने यातायात व्यवसायीकाे तयारी

काठमाडौं । सरकारले देशभरीका सडकमा रुट परमिट खुला गरेपछि यातायात व्यवसायीहरुले आन्दोलन गर्ने तयारी गरेका छन्। सडकमा सिन्डिकेट तोडिएपछि उनीहरुले आन्दोलन गर्न लागेका हुन्। 

 

यस विषयलार्इ लिएर साेमबार नेपाल यातायात व्यवसायी महासंघको केन्द्रीय कार्यसमितिको बैठक बसेकाे थियाे । कार्यसमितिकाे बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो। 

 

चरणबद्ध आन्दोलनका कार्यक्रम १/२ दिनमै सार्वजनिक गरिने महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए। सरकारले यातायात व्यवस्तापन कार्यविधि निर्देशिका संशोधन गरी रुट परमिटका लागि यातायात समितिको सिफारिस नचाहिने र कम्पनी दर्ता अनिवार्य गरेपछि यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिन लागेका हुन्। 

सरकार सिन्डिकेट यातायात व्यवसायी

विशेष