खेल

बार्सिलोनाविरुद्ध रोमाका उत्कृष्ट खेलाडी मैदानमा

बार्सिलोनाविरुद्ध रोमाका उत्कृष्ट खेलाडी मैदानमा

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा बुधबार बिहान स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब रोमा प्रतिष्पर्धा गर्दैछन् । बुधबार बिहान हुने अर्को खेलमा दुई इंग्लिस क्लब म्यान्चेष्टर सिटी र लिभरपुल पनि आमन भिड्दै छन् । दुवै खेल बुधबार बिहान साढे १२ बजे हुनेछन् । 

 

पहिलो लेगमा ४–१ को उत्कृष्ट जित हात पारेका कारण बार्सिलोनालाई दोस्रो लेगमा दवाव कम छ । क्याम्प नोउमा भएको खेलमा घरेलु टिमले दुईवटा आत्मघाती गोल उपहार पाएपछि त्यो जित निकालेको थियो ।

 

तर रोमाका प्रशिक्षक इसेबायो डी फ्रान्सेस्को आफ्नो टिम बार्सिलोनाको अग्रतालाई उल्ट्याउँदै सेमिफाइनलमा पुग्न सफल हुनेमा विश्वस्थ छन् । उनले आफ्नो टिमले बार्सिलोनाविरुद्धको खेलमा सबैभन्दा उत्कृष्ट खेलाडीलाई मैदानमा उतार्ने बताएका छन् ।

 

च्याम्पियन्स लिगको इतिहास हेर्दा पनि रोमाले घरेलु मैदानमा बार्सिलोनासँग अहिलेसम्म कुनै पनि खेल हारेको छैन । अहिलेसम्म बार्सिलोनासँग खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ भने एकमा बराबरीको नतिजा हात पारेको छ ।

 

त्यसको विपरित बार्सिलोनाले इटालियन क्लबविरुद्धको च्याम्पियन्स लिगका पछिल्ला ६ खेलमा कुनै पनि खेल जित्न सकेको छैन । यता इंग्ल्याण्डमा प्रिमियर लिगका दुई उत्कृष्ट टिम म्यान्चेष्टर सिटी र लिभरपुल आमने सामने हुँदैछन् ।

 

 एन्फिल्डमा भएको पहिलो लेगमा लिभरपुलले ३ – ० को महत्वपूर्ण जित हात पारेपछि सिटीको सेमिफाइनल पुग्ने सम्भावना न्यून बनेको छ । अब इथियाड स्टेडियममा सिटीलाई जितका लागि कम्तिमा ४ गोलको आवस्यकता परेको छ । 

 

यसै साता म्यान्चेष्टर युनाइटेडलाई हराएर घरेलु मैदानमा प्रिमियर लिगको ट्रफी जित्ने मौका गुमाएको थियो । युनाइटेडविरुद्धको खेलमा उसले दुई गोलको अग्रता पनि जोगाउन सकेको थिएन ।

 

तर सिटीले च्याम्पियन्स लिगमा भने उत्कृष्ट टिम मैदानमा उतार्ने प्रशिक्षक पेप ग्वार्दियोलाको योजना छ । लिभरपुललाई भने रक्षात्मक खेल आवस्यक छ । 

 

इथियाड स्टेडियममा एक गोलमात्र गर्न सकेको खण्डमा पनि सिटीलाई ५ गोलको आवस्यकता पर्नेछ । लिभरपुलका ‘गोल मेसिन’ मोहम्मद सलाहको प्रदर्शन यो खेलमा निकै महत्वपूर्ण रहनेछ ।

विशेष