मनोरञ्जन

यी हुन् ‘बाहुबली’ प्रभाससँग विवाह गर्ने भनिएकी निहारिका !

यी हुन् ‘बाहुबली’ प्रभाससँग विवाह गर्ने भनिएकी निहारिका !

एसएस राजमौलीको ‘बाहुबली’ सिरीजको दुईटै चलचित्रले दक्षिण भारतीय चलचित्रका (टलिउड) स्टार प्रभासलाई ग्लोबल आइकन बनायो । ३८ वर्षीय प्रभास भारतमा टप ब्याचलरको सूचिमा गनिन्छन् । 


‘बाहुबली’ चलचित्रको सुटिङमा व्यस्त भएका कारण उनले गएका पाँच वर्षमा विवाहको लागि आएका झण्डै ६ हजार प्रस्तावहरु स्वीकारेनन् । तर सुटिङ सकिएपछि उनको विवाहको तयारी भइरहेको खबर बाहिर आएका छन् ।

 

भारतीय सञ्चार माध्यमका अनुसार प्रभास टलिउड सुपरस्टार चिरञ्जीवीकी भतिजी निहारिका कोनिडेलासँग विवाह गर्ने तयारीमा छन् । तर चिरञ्जीवीले यो खबर सत्य नभएको बताएका छन् । 

 


२४ वर्षीया निहारिका पेशाले नायिका र चलचित्र निर्मात्री हुन् । उनी चलचित्र निर्माता नागेन्द्र बाबु कि छोरी तथा चिरञ्जीवीकी भतिजी हुन् । उनले चलचित्र क्षेत्रमा सन् २०१६ मा दक्षिण भारतीय चलचित्र ‘ओका मानुसु’बाट डेब्यू गरेकी थिइन् । धेरै चलचित्रमा लगानी पनि गरेकी छिन् ।  

 

निहारिका अहिले उनको आउँदै गरेको चलचित्र ‘ह्याप्पी वेडिङ’ को सुटिङमा व्यस्त छिन् । जुन चलचित्रमा बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री नयनतारा मुख्य भूमिकामा देखिँदैछन् । यस चलचित्रका लेखक तथा निर्देशक लक्ष्मण कार्या हुन् । 

विवाह बाहुबली प्रभास निहारिका

विशेष