मनोरञ्जन चाडै आउदैछ विचित्र विश्व

नक्कली अमिताभ

नक्कली अमिताभ

काठमाडौं । फिल्म ‘ठग्स अफ हिन्दुुस्तान’मा अमिताभ बच्चनको नयाँ चरित्र देख्नुभयो त तपाईंले ? जुन भेष अर्थात् पहिरन केही दिनअघिदेखि भारतीय मिडिया तथा सामाजिक सञ्जालमा भाइरलझैं भइरहेको छ । 


यदि तपाईंले उक्त फिल्ममा अमिताभको पहिरन हेर्नुभएको छ र त्यसलाई नै वास्तविक मान्नुभएको छ भने तपाईं पक्कै पनि झुक्किनुभएको छ । 
फोटोमा चश्मा लगाएर एउटा आँखाचाहिँ टाउकोमा बाँधिएको गम्छाले ढाकिएको उनको फोटो हेर्दै डरलाग्दो र उमेरभन्दा निकै बूढोजस्तो देखाइएको छ । 

 

वास्तवमा मिडियामा प्रचार गरिएको र सामाजिक सञ्जालमा फैलिएको त्यो फोटो अमिताभ बच्चनको नभई एकअफगानी शरणार्थी शाहबाजको हो । यस फोटो चर्चित फोटोग्राफर स्टिभ मेक्करीले पाकिस्तानमा लिएका थिए । मेक्करीले यो फोटो २७ जनवरी २०१७ मै इन्टाग्राममा पोस्ट गरेका थिए । 

शाहबाजको अनुहार हुबहु अमिताभ बच्चनको फोटोसँग मिलेको देखिएको छ । जसकारण आमदर्शक तथा मानिस झुक्किएका छन् । कतिपय ठूल्ठूला सिनेकर्मीले समेत अमिताभको यो नयाँ पहिरनको खुलेर प्रशंसा गरेका छन् । 

 

ठग्स अफ हिन्दुस्तानका कारण अमिताभलाई दुःख ?
केही दिनअघि अमिताभले ब्लग लेखेर आफ्नो स्वास्थ्य अवस्थाको बारेमा बताएका थिए । त्यस ब्लगपछि अमिताभ पत्नी जया बच्चनले भनिन्, ‘अमितजीलाई खासै केही भाको छैन, शरीरमा दुखाइ मात्र छ, कम्मरमा दुखाइ मात्र छ, गर्दन पनि हल्का दुखेको छ, धेरैतिर दुखेको छ । कस्ट्युम भारी छ त्यसैले दुख भाको हो । बाँकी सबै ठीकै छ ।’

 

फिल्ममा आमिर खान कस्ता देखिनेछन् त ?
गत वर्षको जुलाइमा आमिर खानले यस फिल्ममा पहिरिने कपडालगायत अन्य लुक्स सार्वजनिक गराएका थिए । उनी यस फिल्म पहिले पहिले अभिनीत फिल्मभन्दा नितान्त बेग्लै मान्छन् । र आफूलाई यस फिल्ममा नयाँ भूमिका गर्न पाउँदासमेत एक किसिमको नौलो र अनौठो अनुभूति भइरहेको बताइरहेका छन् । 

तस्विरमा आमिरको नाक र कान छेडिएको छ । जब यो फिल्म बन्ने घोषणा भयो, तब आमिरले अभिताभसँग फिल्म गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘आखिर मेरो पर्खाइको त्यो क्षण अहिले पूरा भएको भान भइरहेको छ, म निकै उत्साहित छु । 

 

ठग्स अफ हिन्दुस्तान यस्तो सिनेमा हो, जुन आमिर र अमिताभ एकैसाथ देखापर्न लागेका छन् । बलिउडमा अहिले निकै प्रतीरत बनेको यो सिनेममा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानीमा बन्न लागेको बताइएको छ । 
 

विशेष