समाज

सर्पले माेटरसार्इकलबाट बास नछाेडेपछि...

सर्पले माेटरसार्इकलबाट बास नछाेडेपछि...

दाङ । सर्प कहाँ बस्छ ? सबैको जवाफ आउँछ बनजंगल वा दुलोभित्र । तर, सल्यानको कपुरकोटमा भने मोटरसाइकल मालिकलाई हटाएर सर्पले त्यही बास गरेको छ । सल्यानको कपुरकोटबाट ब्यापार गरेर घर फर्कदै गर्दा बाटो छेकेर मोटरसाइकलमै सर्प बास बस्यो ।

 

मंगलबार बेलुकी ७ बजेतिर कपुरकोट पाखापानीका खिमेन्द्र सेनलाइ कपुरकोट बजारबाट घरतर्फ जादै गर्दा मोटरसाइकलमा जादै गर्दा सर्पले कपुरकोट बजार नजिकै बाटो छेकेको थियो । बाटो छेकेपछि सेन मोटरसाइकलबाट झरेर सर्पले बाटो छेकेको खबर गर्न गएको समयमा सर्पले मोटरसाइकलमा बास गरेको छ ।

 

उक्त सर्प सेनको ग ८ प ६८२९ नम्बरको मोटरसाइकलमा चढेर फेरि झ-यो । केही रोकिराखेको बजार व्यबस्थापन समितिका अध्यक्ष बुढाको रा ३ प २४११ नम्बरको मोटरसाइकलमा चढ्यो । सर्प मोटरसाइकलमा बास बसेपछि जय गुरुदेव बाबालगायतले पुजा अर्चना गरेका छन् ।

 

सर्पलाई देखेर स्थानीयहरु रातभर जाग्राम बसेका थिए । सर्पले मानिसको भीड हुदा पनि नभागेको रेडियो कपुरकोटका स्टेसनम्यानेजर सन्तोष घर्तीले बताए । मोटरसाइकलबाट बाहिर निस्केर पुनः मोटरसाइकलमै बस्नु दैबीय शक्ति भएको भन्दै स्थानीयहरुको भीड लागेको थियो ।

सर्प माेटरसार्इकल

विशेष