समाज प्रदेश १

गाईघाटकाे तरकारी बजारमा बम विष्फोट हुँदा भागाभाग, १ बालक घाइते

गाईघाटकाे तरकारी बजारमा बम विष्फोट हुँदा भागाभाग, १ बालक घाइते

उदयपुर । बम विष्फोट हुँदा १ बालक घाइते भएको छ। उदयपुर सदरमुकाम गाईघाटमा बुधबार बम पड्किँदा सोही ठाउँका १४ वर्षीय पारस राई घाइते भएको प्रहरीले जानकारी दिएका हुन्।

 

विष्फोट भएको बमले बालकको पेटमा छर्रा लागेको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। २,३ जना बालकहरु खेलिरहेका बेला नजिकै देखिएको कालो झोला खोतलेर हेर्दा बम विष्फोट भएको एसपी भट्टले बताएको हो।

 

रंगशाखाको पश्चिम गोलपोष्टनेर विष्फोट भएपछि नजिकै रहेको तरकारी बजारका व्यापारी आतंकित बन्न पुगेका छन्। तरकारी बजारमा ठूलो आवाजका साथ बम विष्फोट भएपछि सबै भागाभाग भएको स्थानीय व्यापारीले बताए।

बम विष्फोट गाईघाट

विशेष