अत्तरीयाका होटलमा प्रहरीकाे छापा, पाँच जाेडी पक्राउ
तेज बोहरा/धनगढी, चैत्र १८ । कैलालीको अत्तरीया बजारका होटलहरुमा छापा मारी प्रहरीले पाँच जोडीलाई पक्राउ गरेको छ । प्रहरीले शनिवार दिउँसो होटलहरुमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुईजना भारतीय नागरिक समेत छन् ।
अत्तरीयाका होटलहरुमा अवाञ्छित तथा अनैतिक क्रियाकलाप भईरहेको गुनासो पाएपछि छापा मारेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले पक्राउ गरेका सबैलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाईएको बताए ।
परपुरुषसँग पक्राउ पर्नेमा बिबाहित र अबिबाहित महिला रहेका छन । प्रहरीले होटल मालिकमाथि समेत सार्वजनिक अपराध मुद्दा चलाएको छ ।