डिआइजी खरेलद्वारा राजीनामा

काठमाडाैं । डिआइजी रमेश खरेलले राजीनामा दिएका छन्। उनले बुधबार प्रहरी प्रधान कार्यालयको कार्यविभागमा पुगेर राजीनामा दिएका हुन्।
उनले प्रहरी संगठन र देशका लागि आफ्ना केही सपना भएको तर अहिले ती सपना पूरा गर्ने अवस्थामा आफू नरहेकोले राजीनामा दिएको बताएका छन् ।
जागिर खाइरहनका लागि मात्रै प्रहरीमा बस्ने आफ्नो चाहाना नभएको उनले बताए ।
सरकारले हिजो मात्रै प्रहरी महानिरीक्षकमा डिआइजी सर्वेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । खरेल पनि आइजीपीको दौडमा थिए ।