देश

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको गाडी सर्वोच्च अदालतका कर्मचारीले खोसे

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको गाडी सर्वोच्च अदालतका कर्मचारीले खोसे

काठमाडौं । पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठले चढ्दै आएको गाडी सर्वोच्च अदालतका कर्मचारीले खोसेका छन्। श्रेष्ठले कानुन विपरित सर्वोच्चको गाडी, चालक, इन्धन, मर्मत खर्च प्रयोग गर्दै आएको भन्दै कर्मचारीहरूले गाडी खाेसेका हुन्।  

 

श्रेष्ठले प्रयोग गर्दै आएको बा १३ च ६२४१ नम्बरको गाडी सर्वोच्चका कर्मचारीले खासेका हुन्। इन्धन तथा मर्मत खर्च लिन सर्वोच्च अदालत गएका गाडीका चालक र गाडीलाई कर्मचारीले नियन्त्रणमा लिएर मुख्य रजिष्ट्रार राजन भट्टराईलाई बुझाइदिएका हुन्। 

 

 श्रेष्ठले कानुन विपरित गाडी प्रयोग गर्दै आएकोले गाडी र चालक जोगमान महतोलाई सर्वोच्च प्रशासनमा बुझाइएको आधिकारीक ट्रेड युनियनका सचिव हरि भट्टराईले बताए। महतो सर्वोच्चका स्थायी कर्मचारी हुन् । तर महताेले श्रेष्ठ निवृत्त भएपछि पनि उनकै गाडी चलाइरहेका छन्।  

 


पूर्व विशिष्टलाई सरकारी सुविधा दिँदा कानुन बनाएर मात्रै दिनू भन्ने सर्वोच्चको आदेश भएपनि सो आदेशलाई लत्याउँदै सर्वोच्चका पूर्व प्रधानन्यायाधीशहरूले नै विभिन्न सुविधा प्रयोग गर्दै आएका छन्। पूर्व विशिष्टलाई सुविधा दिने बारेमा अहिलेसम्म कानुन बनिसकेको छैन।

 


 ‘१३ जना पूर्व प्रधानन्यायाधीशले सर्वोच्चको गाडी, चालक, इन्धन, मर्मत खर्च प्रयोग गर्दै आएका छन्,’ भट्टराईले भने, ‘सबैले कानुन विपरित गाडी चढिरहेका छन्। पूर्व विशिष्टलाई सुविधा दिने विषयमा अहिलेसम्म कानुन बनेको छैन।’
 

कल्याण श्रेष्ठ सर्वोच्च अदालत पूर्वप्रधान्यायाधीश

विशेष