समाज भिडियो कभर स्टोरी

हिन्दुवादी नेताको ठोकुवाः गुरुमाथि आक्रमण गर्ने पश्चिमा क्रिश्चियन नै हो (भिडियाे)

हिन्दुवादी नेताको ठोकुवाः गुरुमाथि आक्रमण गर्ने पश्चिमा क्रिश्चियन नै हो (भिडियाे)

काठमाडौं । नेपाल वैधानिक रुपमा धर्म निरपेक्ष भनी संविधानसभाले पारित गरेपछि नै नेपालका हिन्दुवादीहरुले कुनै न कुनै रुपमा असन्तुष्टि पोख्दैआएका छन् ।

 

नेपाल हिन्दुराज्य मुलुक नै भएको देख्न चाहन्छन् उनीहरु । हिन्दु धर्मावलम्वी तथा ऊँ कार परिवारको बाहुल्यता भएकाले हिन्दुराज्य नेपाल एक मात्र विकल्प ठान्छन् हिन्दुवादी ।

 

दुईतिहाइ मतद्धारा संविधानसभाले धर्म निरपेक्ष राज्य घोषणा तथा राजसंस्था अन्त्यको घोषणा गरेसँगै उनीहरुलाई चित्त बुझेको छैन ।

 

यस्तैमा विराटनगरमा हिन्दु धर्मका गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार भयो । असन्तुष्ट रहेका हिन्दु धर्मावलम्वीहरुलाई यो घटना आगोमा घिउ थपे झैँ भयो ।

यही घटनालाई लिएर अहिले उनीहरु आन्दोलित छन् । काठमाडौं लगायत स्थानमा उनीहरुले विरोध कार्यक्रम गर्दैआएका छन् । यही विषयमा बोल्न हिन्दुवादी नेता तथा सामाजिक अभियन्ता केशव प्रसाद चौलागाईँलाई नेपालआजको स्टुडियोमा बोलायौँ ।

 

चौलागाईँले यस घटना धर्म परिवर्तन गराउनेहरुले गराएको ठोकुवा गरेका छन् । खासगरी क्रिश्चियन प्रभुत्व जमाउन यो हमला भएको उनको जिकिर छ ।

 

पछिल्लो समय यूरोपियन यूनियनको रिपोर्ट र पश्चिमा मुलुकको सक्रियतासँग जोडेर पनि उनले विराटनगरको घटनालाई ब्याख्या गरे ।

 

साथै चौलागाईँले यो हमला एक धर्म गुरुमाथि मात्रै नभएर नेपालमा रहेका हिन्दु धर्मावलम्वीहरुमाथि लक्षित रहेको बताए । यस्तै हिन्दु प्रभावित मुलुक भारतमा समेत यसले दुस्प्रभाव पार्नसक्ने भन्दै भारत पनि यसप्रति चिन्तित रहनुपर्ने उनको सुझाव छ । उनले भने, ‘भारत पनि यो घटनाप्रति चिन्तित हुनुपर्छ ।’

 

सरकारले विराटनगरको घटना छानविन गरेर कारवाही गर्दा मात्रै समस्या साम्य नहुने यसको समग्र षड्यन्त्र नै उजागर गर्नुपर्ने उनको माग छ ।

 

यस्ता घटना भइरहँदा सिरियामा झैँ गृहयुद्ध हुनसक्ने चिन्ता पनि उनको छ । चौलागाईँले तोकेरै पश्चिमा मुलुकले नेपालमा क्रिश्चियनिटी लागु गराउँदै युद्ध निम्त्याउनसक्ने षड्यन्त्र भएको बताएका छन् ।
 

आचार्य श्रीनिवास केशव प्रसाद चौलागाईँ

विशेष