समाज

डोटीमा चट्याङ लागेर दुई जनाको मृत्यु

डोटीमा चट्याङ लागेर दुई जनाको मृत्यु

डोटी, चैत २९ । डोटीमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुडर डोटीले दिएको जानकारी अनुसार डोटीको जोरायल गाउँपालिका–२, छतिवनको डाँडाखालीमा चट्याङ लागेर ९ वर्षीय स्थानीयबासिन्दा भुवनराज भण्डारी तथा ११ वर्षीय ओमप्रकाश भण्डारीको ज्यान गएको हो ।

 

घरमा मोबाइल चलाएर खेलिरहेको अवस्थामा चटयाङ लागेर उनीहरुको ज्यान गएको हो । त्यस्तै चट्याङका कारण त्यसै ठाउँ बस्ने चन्द्रप्रकाश भण्डारी गम्भीर घाइते भएका छन् । घाइते भएका भण्डारीलाई उपचारका लागि कैलालीतर्फ लगिएको प्रहरीले जनाएको छ ।

डोटी चट्याङ ज्यान

विशेष