प्रवास

मलेसियाका फिर्ती केन्द्रबाट ३० नेपालीको उद्दार

मलेसियाका फिर्ती केन्द्रबाट ३० नेपालीको उद्दार

मलेसिया । मलेसियाका विभिन्न फिर्ती केन्द्रमा रहेका ३० जना नेपालीको उद्दार गरिएको छ । विभिन्न अभियोगमा कानुनी सजाय पूरा गरी यहाँका विभिन्न फिर्ती केन्द्रमा अलपत्र रहेकाहरुको बुधबार उद्दार गरिएको नेपाली दुतावासले जनाएको छ । 

 

उनीहरु घर फर्कनका लागि आवश्यक पर्ने हवाईटिकट जोहो गर्न नसक्दा अलपत्र थिए । दुतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै ती सबैलाई हवाईटिकटको प्रबन्ध मिलाई बुकित जलिलस्थित केन्द्रबाट उद्दार गरिएको जनाएको छ ।

 

दुतावासले पीडितको उद्दारका लागि यसअघि प्राप्त नियमित बजेटमार्फत हवाइटिकट र दुतावासबाट निशुल्क एकतर्फी यात्रा अनुमतिपत्रको व्यवस्था मिलाई उनीहरुको उद्दार गरिएको हो ।

 

उद्दार गरिएकाहरुमा राम विश्वास (महोत्तरी), तेजबहादुर सुनार (बाँके), घनेन्द्र बहादुर लिम्बु (इलाम), शुष्मा सार्की विश्वकर्मा (झापा), देव प्रकाश राई (खोटाङ), आइतसिंह गुरुङ (लमजुङ), जितबहादुर शाक्य (मोरङ), लालबाबु लोप्चन (मकवानपुर), दिल बहादुर खत्री (मोरङ), गोपाल अच्छामी (धादिङ), र प्रकाश राई (ताप्लेजुङ) रहेका छन् ।

 

त्यस्तै राम तामाङ (रसुवा), रामदेव खाङ (सप्तरी), ज्ञान बहादुर खड्का (दाङ), टेकबहादुर बहारघरे (नवलपरासी), युकिल भण्डारी (बझाङ), सरोज गुरुङ (दोलखा), चन्द्रश्वर कुमार चौधरी (सुनसरी), सुवोध कुमार झा (सर्लाही), युवराज घर्ती (सल्यान), राजकुमार लामा (बारा), कुल बहादुर तामाङ (सिन्धुली), सुजित कुमार भुजेल (महोत्तरी), लोक कुमार मोक्तान (संखुवासभा), राजु राना मगर (मकवानपुर), चुन बहादुर कार्की (सिन्धुली), ज्ञान बहादुर घर्ती (रोल्पा), मान बहादुर परियार (उदयपुर), डम्बर सिंह खिम्दिङ (ताप्लेजुङ) र युवराज घर्ती (सल्यान) को उद्दार गरिएको हो ।

मलेसिया

विशेष