मनोरञ्जन चाडै आउदैछ

'जय भोले' टिजर सार्वजनिक (भिडियाेसहित)

'जय भोले' टिजर सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । अशोक शर्मा निर्देशित फिल्म ‘जय भोले’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा फिल्मका प्राय: कलाकार फिरचरिङ छन्। टिजरमा पात्र परचियलाई जोडिएको छ।

 

 हास्य तथा सामाजिक विषयमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछाने, सैगात मल्ल, स्वस्तिमा खड्का, वुद्धि तमाङ, सलोन बस्नेत, राजाराम पौडेलको मुख्य भूमिका रहेको छ। फिल्ममा दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमलाई व्यक्त गरिएको छ। 

 


आगामी दशैंको फूलपातीमा रिलिज हुने फिल्मलाई निर्देशक शर्माले नै निर्माण गरेका हुन्। एक करोड ६० लाख बजेटमा निर्मित यस फिल्म झापा र इलाममा छायाँकन भएको हो। 

 


फिल्ममा खगेन्द्र लामिछानेको पटकथा, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई राज ढुंगानाले सम्पादन गरेका हुन्।

हेर्नुहोस् टिजर :

विशेष