मनोरञ्जन

चर्चित नायिका प्रियंका चोपडा हलिउडमा रंगभेदको सिकार भएको खुलासा

चर्चित नायिका प्रियंका चोपडा हलिउडमा रंगभेदको सिकार भएको खुलासा

काठमाडाैं । बलिउडबाट हलिउडमा छलाङ मारेकी अभिनेत्री प्रियंका चोपडाले आफू रंगभेदको सिकार बनेको खुलासा गरेकी छन्। हलिउडमा रंगभेद र जातीय भेदभाव अस्तीतत्वहिन भएको ८० वर्ष पुगे पनि समय समयमा कलाकारहरु यसको सिकार बन्दै आएका छन् ।


एउटा अन्तर्राष्ट्रिय म्यागजिनलाई दिएको अन्तर्वार्तामा प्रियंकाले रंगभेदकै कारणले धेरै वटा फिल्म आफूले गुमाउनु परेको तथ्य खुलाएकी छन् ।एउटा अन्तर्राष्ट्रिय म्यागजिनलाई अन्तरवार्ता दिँदै उनले भनिन्, ‘मैले आफ्नो छालाको रंगको कारणले धेरैवटा हलिउड फिल्म गुमाएकी छु । 


यसबाट म निकै निराश छु ।’गएको वर्ष एउटा फिल्मको सुटिङका लागि बेला हलिउडको एउटा स्टुडियोले मेरो मेनेजरसँग कुरा गरेको रहेछ।त्यो बेला स्टुडियोले मेरो अनुहार देखाउँदै फिल्मका लागि उपयुक्त नभएको बताएको रहेछ,’ उनले भनेकी छन्, ‘जब मैले मेनेजरबाट यो सबै कुरा थाहा पाएँ ।


 स्टुडियोले मेरो रुपरंग भनेर मेरो छालाको रंगको कुरा गरेको रहेछ । यो थाहा पाउँदा मलाई तनाव भयो।’पढाईका लागि प्रियंका अमेरिकाको एउटा स्कुलमा भर्ना भएकी थइन् । त्यतिबेला उनले रंगभेद झेल्नु परेको हो ।


प्रियंकाका अनुसार अमेरिकामा स्कुल पढ्दा उनलाई सबैले ‘ब्राउनी’ भन्ने गर्थे । सबैले उनको मजाक उडाउँथे ।प्रियंकाभन्दा अघि बलिउड अभिनेत्री शिल्पा सेठ्ठी पनि टेलिभिजन सो ‘बिग ब्रदर’को समयमा रंगभेद र जातीय भेदभावको सिकार भएकी थिइन् । प्रियंका जिम पार्सन्स र ओक्टैविया स्पेन्सरसँग नयाँ हलिउड फिल्म ‘अ किड लाइक जैक’मा देखिँदैछिन् ।

प्रियंका चोपडा रंगभेद सिकार

विशेष