देश

मेनपावरको स्तर निर्धारण गर्ने वेभसाइट सञ्चालनमा

मेनपावरको स्तर निर्धारण गर्ने वेभसाइट सञ्चालनमा

काठमाडौँ । वैदेशिक रोजगारीमा कामदार पठाउने मेनपावर कम्पनीको स्तर निर्धारण गर्ने वेभसाइट शुरु गरिएको छ । 

 

उक्त वेभसाइटले वैदेशिक रोजगारको सेवा लिएका व्यक्तिले दिएको जानकारीका आधारमा सम्बन्धित मेनपावर कम्पनीको स्तर निर्धाण गर्ने छ ।

 

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ आइटियुसीले शुरु गरेको वेभसाइट www.recruitmentadvisor.org  ले मेनपावर कम्पनीको सेवाको स्तरका बारेमा जानकारी दिनेछ । यो वेभसाइट नेपालसँगै इन्डोनेसिया, फिलिपिन्स तथा मलेसियामा एकसाथ शुरु भएको छ । 

 

यस वेभसाइटमा हरेक मुलुकका लागि अलग्गै भाषामा रहेका छन् । वेभसाइट निर्माणमा नेपालबाट नेपाल ट्रेड युनियन महासंघ जिफन्टले आइटियुसीसँग सहकार्य गरेको छ । 

 

आइटियुसीको माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर एमआरए परियोजनाकी व्यवस्थापक इरा रच्मावतीका अनुसार यस वेभसाइटले वैदेशिक रोजगारमा जान चाहनेलाई सही मेनपावर कम्पनीको छनोट गर्न मद्धत गर्नेछ । 

 

उनले वैदेशिक रोजगारका क्रममा रहेका वा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको मूल्याङ्कनका आधारमा सम्बन्धित मेनपावर कम्पनीको स्तर निर्धारण हुने भएको र सो जानकारीले वैदेशिक रोजगारमा जान चाहनेलाई सही मेनपावर कम्पनी छनोट गर्न सहयोग गर्ने बताए । 

 

नेपालमा हाल एक हजार भन्दा धेरै मेनपावर कम्पनी छन् । ती सबै मेनपावर कम्पनीको नामसहितको सूची वेभसाइटमा राखिएको छ ।  

सञ्चालन मेनपावर वेभसाइट

विशेष