समाज

 नेपाल-भारत प्रबुद्ध समूहको बैठक आजदेखि  

 नेपाल-भारत प्रबुद्ध समूहको बैठक आजदेखि  

नेपाल र भारतबीचको प्रबुद्ध समूह (ईपीजी) को बैठक बिहीबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ । ईपीजीको छैटौं बैठकमा सहभागी हुन नेपाली समूह नयाँ दिल्ली पुगिसकेको छ । 

 

बैठकमा १९५० को सन्धि, व्यापार तथा पारवहन सन्धि र जलस्रोत सम्बन्धि सन्धि सम्झौतामा विषयमा छलफल हुनेछ । पञ्चेश्वर परियोजनाको छलफल पनि मुख्य एजेण्डाका रुपमा रहेको छ । नेपालले बैठकमा व्यापार तथा पारवहन सन्धिका विषयमा समेत चासोसहित संशोधनको विषयमा पनि छलफल हुनेछ । 

 

नेपालले सन् १९५० सन्धिमा भएका असान्दर्भिक विषय परिवर्तन गर्न नेपालका तर्फबाट कुरा उठाउने ईपीजी सदस्य डा. राजन भट्टराईले जानुअघि हिजो जानकारी दिएका थिए । दुई दिनसम्म चल्ने बैठकमा केही विषय टुंगोमा पुग्ने अपेक्षा नेपाली टोलीले लिएको छ । 

 

दुईवर्षे कार्यकालसहित गठन भएको ईपीजीले आठौं बैठकपश्चात् दुवै देशका सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाउनुपर्नेछ । समूहमा भारतका तर्फबाट भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीको संयोजकत्वमा प्राध्यापक महेन्द्र पी लामा, प्रा. बीसी उप्रेती र पूर्वराजदूत जयन्तप्रसाद छन् ।
 

नयाँ दिल्ली ईपीजी व्यापार तथा पारवहन सन्धि

विशेष