खेल

डीपीएल: वर्षाका कारण रोकिएको फाइनल खेल आज हुने

डीपीएल: वर्षाका कारण रोकिएको फाइनल खेल आज हुने

धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज खेल हुने भएका छन् । हिजो रोकिएका खेलहरु आज हुन लागेका हुन् ।

 

महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल वर्षाका कारण हिजो रद्द भएको थियो । 

 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २ ओभरको समाप्तीमा ८ रन बनाएको अवस्थामा भारी वर्षा भएसँगै खेल रोकिएको थियो । 

 

आज ‘रिजर्भ डे’मा यही खेल हुने निर्णय आयोजकले जनाएको छ । 
 

डीपीएल महेन्द्रनगर युनाइटेड काठमाडौं गोल्डेन्स

विशेष