मनोरञ्जन

कमेडियन कपिल शर्माको नयाँ शो ‘फेमिली टाइम विथ कपिल शर्मा’ बन्द हुने

कमेडियन कपिल शर्माको नयाँ शो ‘फेमिली टाइम विथ कपिल शर्मा’ बन्द हुने

एजेन्सी । केही समयदेखि विवादित रहेका कमेडियन कपिल शर्माको नयाँ शो ‘फेमिली टाइम विथ कपिल शर्मा’ बन्द हुने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सोनी च्यानलमा मात्र तीनवटा एपिसोड पछि उक्त शाे बन्द गर्ने साेनीले फैसला गरेकाे छ । भारतीय सञ्चार माध्यमले कपिलको अव्यवसायिक रवैयाको कारण च्यानलले कपिलकाे शाे बन्द गर्न लागेकाे बताएका छन् ।

 

कपिल केही समयदेखि एकदमै कठिन अवस्थाबाट गुज्रिरहेका छन् । केही दिन अघि उनले एउटा इन्टरटेन्मेन्ट वेभसाइटको एडिटरलाई गाली गरेका थिए । कपिलले त्यस वेभसाइटले आफ्नो विरुद्धमा नकरात्मक खबरहरु छापेको आरोप लगाएका थिए ।

 

यस अघि पनि कपिलले आफ्नी कथित पूर्व प्रेमिका प्रिती सिमोस र उनीकी बहिनी निती सिमोसलाई आफ्नो २५ लाख रुपयाँ खान खोजेको आरोप लगाउँदै उजूरी दर्ता गरेका थिए । सञ्चार माध्यमहरुले जनाए अनुसार कपिल अहिले डिप्रेशनबाट गुज्रिरहेका छन् जसकारण उनी अहिले सुटिङ सेटमा राम्ररी समय दिन सकिहरेका छैनन् ।

 

यसैबीच उनकी कथित पूर्व प्रेमिका प्रिती सिमोसले  कपिलका विषयमा प्रतिक्रिया दिदै कपिलको मानसिक अवस्था ठिक नभएको बताएकी छिन् । धेरै पटक अात्महत्याकाे कुरा गरेकाे खुलासा गर्दै उनले कपिललार्इ सिजोफ्रेनिया भएको हुनसक्ने बताइन् ।

 

मार्च २०१७ सम्म प्रिती कपिलको प्रोडक्सन हाउस के ९ को क्रिएटीभ डायरेक्टरको रुपमा काम गर्थिन् । कपिल र सुनिल ग्रोबरबीच झगडा भएपछि उनी शोबाट निस्किएकी थिइन् । उनीहरुसँगै काम गर्दा दुबैको अफेयर रहेको खबरहरु मिडियामा आएका थिए । तर मार्च २०१७ मा कपिलले सामाजिक सञ्जालमार्फत गिन्नी चतरथलाई आफ्नो हुनेवाला श्रीमती भनेर सार्वजनिक गरेपछि उनीहरुको सम्बन्धमा तितोपना आएको थियो ।

कपिल शर्मा कमेडियन

विशेष