स्वास्थ्य

यी हुन् तुलसीका ५ अवगुण

एजेन्सी । तुलसीको पातले स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउँछ भन्ने कुरा नकार्न सकिन्नँ । नेपालमा लगभग सबैजसो घरमा तुलसी रोपिन्छ । मानिसहरुले यसलाई पूजा गर्नुका साथै त्यसको औषधीय गुणका कारण प्रयोग पनि गर्दछन् । यसै कारणले तपाईंले सायद तुलसीको पात खानुका साइड इफेक्टबारे कहिले पनि सोच्नुभएको छैन । अनेकौं फाइदा हुँदा हुँदै पनि तुलसी सबैका लागि लाभदायक भने छैन । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

 


१ गर्भवती महिलाले खान नहुनेः

तुलसीको पातले गर्भवती महिलाको स्वास्थ्यका साथै उनको गर्भमा हुर्किरहेको भ्रुणलाई पनि नोक्सान पुर्याउँछ । गम्भीर परिस्थितीमा त यसले गर्भपतनको पनि खतरा पनि निम्त्याउँछ । यस्तो हुनुका कारण तुलसीमा ‘एस्ट्रागल’ नामक तत्व पाइन्छ जसले गर्भाशयमा संकुचन पैदा गर्दछ । गर्भावस्थामा यस्तो हुनु निकै खतरनाक हुनसक्छ ।

 


२ मधुमेहका रोगीले नखानुहोस् तुलसीः

थुप्रै अनुसन्धानले तुलसीको पात सेवन गर्दा रगतमा चीनिको मात्रा कम हुने बताएको छ । यस्तोमा यदि मधुमेहका बिरामीले औषधीका साथै तुलसीको पातको पनि सेवन गरिरहेको छ भने शरिरमा सुगरको स्तर आवश्यकताभन्दा कम हुन्छ जुन मानिसका लागि घातक हुनसक्छ ।

 

 


३ प्रजनन क्षमतामा कमीः

तुलसीको पातले रगतलाई पातलो बनाउनमा सहयोग पुर्याउँछ । जो व्यक्ति रगतलाई पातलो बनाउनका लागि औषधीको सेवन गर्न चाहँदैनन् उनीहरुले तुलसीको पातलाई घरेलु उपचारको रुपमा तुलसीको पात सेवन गर्न सक्छन् । तर जसले पहिलेदेखि नै रगत पातलो बनाउने औषधी खाइरहेका छन् उनीहरुले भने यसको सेवन गर्नुहुँदैन ।

 


४ कलेजोलाई क्षती पुर्याउन सक्नेः

विश्व स्वास्थ्य संगठनका अनुसार जो व्यक्ति एस्टामिनोफेन ९पेन किलर० जस्ता औषधी र तुलसीको पात पनि नियमित रुपमा सेवन गरिरहेका छन्, यसले कलेजोमा नकारात्मक असर पुर्याउन सक्छ । यस्तो किनभने यी दुबैले दुखाईबाट छुटकारा दिन्छन् । जब यी दुबै शरिरभित्र गएर एकसाथ काम गर्न थाल्छन्, यसले कलेजोको कार्यप्रणालीलाई प्रभावित गर्दछ ।

 


५ दाँतमा देखिनेछन् दाग–धब्बाः

तुलसीको पातलाई नचपाई सिधै निल्नुपर्ने बताइन्छ । यसको वैज्ञानिक कारण तुलसीको पातमा पाइने आइरन चपाउँदा दाँतमा दागधब्बा देखिने भएकाले यसो नगर्न सुझाइन्छ ।

विशेष