कम्युनिष्ट नेताकी छोरी मिस नेपाल बनेपछि...
मिस नेपालको विरोध गर्नेले आफ्नै छोरीलाई मिस नेपाल बनाएको भन्दै आलोचना
काठमाडौं । सौन्दर्य प्रतियोगिताको आलोचना गर्दा गर्दै नेपालका कम्युनिष्टहरु लगभग थाकिसके । अर्थात् ‘मिस नेपाल जायज कि नाजायज ?’ भन्ने बहसको खास अर्थ नै रहेन ।
हालै हेटौँडाकी श्रृंखला खतिवडा मिस नेपाल बनेपछि भने उनका पिताको व्यक्तित्वलाई लिएर आरोप प्रत्यारोप चलेको छ । खासमा मिस नेपाल श्रृंखलाका पिता विरोध खतिवडा कम्युनिष्ट आन्दोलनका नेता हुन् ।
कुनै बेला अनेरास्ववियुका प्रभावशाली नेता खतिवडा अहिले एमालेको तर्फबाट प्रदेश नम्बर ३ का सांसद छन् । एमालेका सक्रिय नेता हुन् उनी । साथै उनकी श्रीमति तथा मिस नेपाल श्रृंखलाकी आमा मकवानपुर एमालेकी अध्यक्ष हुन् ।
वामपन्थी आन्दोलनका युवाहरु अहिले उनै दम्पतीलाई प्रश्न तेस्र्याउँदै छन् । ‘कम्युनिष्ट नेता भएर छोरीलाई मिस नेपाल बनाउने कस्तो नैतिकता ?’ भन्दै विरोधको व्यक्तित्वमाथि नै प्रश्न उठ्न थालेको हो । खतिवडाले भने छोरीको चाहना पूरा गरेको भन्दै आफ्नो बचाउ गरिरहेका छन् ।
मिस नेपाल आफैँ बौद्धिक प्रतियोगिता नभएको र शारिरिक सौन्दर्यको प्रतियोगिता भएकाले खतिवडाले छोरीलाई किन यस्तो प्रतिष्पर्धामा पठाए भन्दै उनको नैतिकतामाथि प्रश्न उठाइएको हो ।
मिस नेपाल विराेध