Technology

सिरियाको गुटामा विद्रोहीले गरे आत्मसमर्पण

सिरियाको गुटामा विद्रोहीले गरे आत्मसमर्पण

बेरुत । सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन्। 


‘जैस अल इस्लाम’ लडाकूहरुले डुमा सहरमा बुधबार रुसका सेना र प्रहरीसमक्ष आफ्ना भारी हातहतियारसहित समर्पण गरेका बताइएको छ। 


यी लडाकूहरु बुधबार साँझ उत्तरी सिरियाली शहर डुमा आइपुगेका बेलायतसँग आवद्ध द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ।


 गुटा सहर छोडेर गएका ती विद्रोहीहरु अन्यत्र कुन स्थानमा गएका हुन सो भने प्रस्ट भएको छैन्। विद्रोहीले छोडेको गुटा शहर भने सरकारी सुरक्षा अधिकारीहरले नियन्त्रणमा लिएका बताइएको छ। 


सिरियामा जारी द्वन्द्वको क्रममा गत ५ वर्षयता सिरियाको राजधानी दमासकसपछि गुटा अत्यन्त युद्ध प्रभावित क्षेत्रमा पर्दछ। 

 

सिरियाको गुटा शहरमा केही दिन पहिले भएको रासायनिक हतियार आक्रमणमा परी ७० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको थियो।

 

सिरियामा सन् २०११ को मार्चमा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको द्वन्द्व विभिन्न शिर्षकमा अझै पनि जारी रहेको छ।
 

सो समयदेखि हालसम्म यस द्वन्द्वमा परी लाखौं व्यक्तिको मृत्यु भइसेकेको छ। हजारौँ घाइते भएका छन् भने, लाखौंले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन्। रासस/एएफपी

सिरिया विद्रोही

विशेष