खेल प्रदेश ७

डीपीएल–२ को मोस्ट भ्यालुएबल प्लेयर बनेका ललितले पाए सुनको जुत्ता

डीपीएल–२ को मोस्ट भ्यालुएबल प्लेयर बनेका ललितले पाए सुनको जुत्ता

काठमाडौं । सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को उपाधि टिम चौराह धनगढीलाई दिलाएका ललितसिंह भण्डारी मोष्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् । मोस्ट भ्यालुएबल प्लेयर बनेका ललितले सुनको जुत्ता प्राप्त गरेका छन् ।

 

शुक्रबार ९आज० धनगढीमा सम्पन्न डीपीएलको उपाधि टिम चौराह धनगढीले जितेको छ । धनगढीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका ललित भण्डारी प्रतियोगिताको मोष्ट भ्यालुएबल प्लेयर बन्दै सुनको जुत्ता जित्न सफल भए ।

 

ललितले फाइनल खेलमा काठमाडौं गोल्डेन्सको ३ विकेट लिएका थिए । उनले ओपनर सुबोध भाटी र ज्ञानेन्द्र मल्ललाई बोल्ड आउट गराएका थिए । त्यस्तै नरेश बुढाऐरलाई पनि भण्डारीले आउट गराउदै खेल आफ्नो पक्षमा परेका थिए ।

 

ललित भण्डारीले प्रतियोगितामा सर्वाधिक विकेट लिन सफल भए । उनले १४ विकेट लिए । 

 

त्यस्तै, प्रतियोगिताको प्लेयर अफ द सिरिज रोहन मुस्ताफा घोषित भए । उनले २०० सीसीको बजाज बाईक प्राप्त गरे । फाइनल खेलका म्यान अफ द म्याच समेत घोषित भएका रोहनले ९ विकेट लिएका छन् भने ब्याटिङतर्फ १९८ रन बनाएका छन् ।

 

दोस्रो संस्करणको डीपीएलको विजेता टिम चौराह धनगढीले २५ लाख र उपविजेता बनेको काठमाडौंले १० लाख नगदसहित ट्रफि पाएका छन् ।
 

डीपीएल ललितसिंह भण्डारी सुनको जुत्ता

विशेष