देउता आएको भन्दै गरिएकाे त्रिशूल प्रहारबाट ६ घाइते
पोखरा । आफ्नो शरीरमा देउता आएको भन्दै बागलुङको जैमिनी नपा–६ अर्जेवामा एक जनाले त्रिशूल प्रहार गर्दा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार चुना परियारको घरमा ५ नम्बर वडाका ३० वर्षीय ओमबहादुर मल्ल हात हेराउन गएका थिए ।
परियारले रातको समयमा हात नहेर्ने बताएपछि ‘मलाई देउता उत्रेको’ भन्दै त्रिशूल प्रहार गरी मल्लले ३५ वर्षीया परियार, ८० वर्षीया भूपी दमिनी, ५० वर्षीय हरि परियार, ४५ वर्षीया पूर्णकली परियार, ३७ वर्षीय गणेश केसी र ३२ वर्षीया निर्माला केसीलाई घाइते बनाएका हुन् ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइते सबैलाई उपचारार्थ धौलागिरि अञ्चल अस्पताल पठाएर मल्ललाई नियन्त्रणमा लिएको छ ।