खेल

टिम चौराह धनगढीले टस जितेर ब्याटिङ गर्दै, दुबै टिमको जितमा विदेशी खेलाडीको भुमिका निर्णयक हुने

टिम चौराह धनगढीले टस जितेर ब्याटिङ गर्दै, दुबै टिमको जितमा विदेशी खेलाडीको भुमिका निर्णयक हुने

काठमाडौं । धनगढीमा जारी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल टु) को फाइनल भिडन्तमा अाज काठमाडौं गोल्डेन्स र साविक विजेता टिम चौराहा धनगढीबीच प्रतिस्पर्धा हुँदै छ । 

 

उपाधिका लागि टिम चौराह धनगढीले टस जितेर ब्याटिङ रोजेको छ । धनगढीले टस जितेसँगै काठमाडौं गोल्डेन्सले बलिङको निम्तो पाएको हाे । 

 

धनगढीको एसएसपी क्रिकेट मैदानमा हुने खेलमा दुबै टिम जित हात पार्दै डीपीएल–२ को उपाधि उचाल्ने दाउमा छन् । दुवै टिमको जितमा विदेशी खेलाडीको भुमिका निर्णयक हुने पक्का छ ।

 

सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराह धनगढी पहिलो क्वालिफायरबाट फाइनलमा पुगेको हो । यता, ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं दोस्रो क्यालिफायरमा महेन्द्रनगरलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

 

यसअघि विहिबार भएको खेलमा काठमाडौंले महेन्द्रनगर युनाईटेडलाई पाँच विकेटले पारजित गर्दे फाइनलमा स्थान बनाउन सफल भएको थियो। पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग नै पराजित भएको थियो ।

 

दोस्रो संस्करणको डीपीएलको विजेताले २५ लाख नगद पाउनेछ । त्यस्तै, उपविजेताले १० लाख पाउने छ । 

डीपीएल सोमपाल कामी

विशेष