समाज

माइतीघर निषेधित क्षेत्र घोषित, अब यी ७ ठाउँमा मात्र प्रदर्शन गर्न पाइनेछ

माइतीघर निषेधित क्षेत्र घोषित, अब यी ७ ठाउँमा मात्र प्रदर्शन गर्न पाइनेछ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा निषेधित क्षेत्रहरु बढाउदै बिरोध प्रदर्शनका लागि निश्चित ठाउँहरु तोकेको छ। सडकमा असर नपर्ने गरी ७ ठाउँलाई बिरोध प्रदर्शन तथा सार्वजनिक कार्यक्रमका लागि भनेर तोकिएको छ। 


जसमा खुलामञ्च, तीनकुनको चौर, भगवान पाउको भुईंगेल चौर, पेप्सीकोलाको खेलमैदान, सानो गौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउण्ड र सिफलको चौरलाई विरोध प्रदर्शनस्थल तोकिएको छ। 


अबदेखि राधजानीको कुनै पनि सडकमा विरोध प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। प्रशासन कार्यालयले आइतबार सूचना जारी गरी सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल भनेर सात ठाउँलाई तोकिएको हो। विरोध प्रदर्शन भइरहने माइतीघरमा पनि अब प्रदर्शन गर्न पाइनेछैन।


गृह मन्त्रालयको निर्देशनअुनसार जिल्ला सुरक्षा समितिको बैठकले तीन निर्णयहरु गरेको हो। शान्ति सुरक्षा र सडकमा अवरोध हटाउने उदेश्यले प्रदर्शनी क्षेत्र तोकिएको हो।


 गृहमन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजनाको ३१ नम्बर बुँदामा यससम्बन्धि प्रावधान छ। यो नियम बैशाख १६ गतेदेखि लागू हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए। 

काठमाडौं माइतीघर निषेधित क्षेत्र जिल्ला प्रशासन कार्यालय काठमाडौं

विशेष