सर्वोच्चमा ५ वर्ष नाघेको मुद्दा साढे ३ हजार

सर्वोच्च अदालतमा ५ वर्ष नाघेको मुद्दा ३ हजार ४ सय ५० वटा रहेका छन्।आज आयोजित पत्रकार सम्मेलनमा सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले सो कुराको जानकारी दिएका हुन्।
सर्वोच्च अदालतमा गत असारदेखि चैत्रसम्म ८ हजार ३ सय २४ वटा मुद्दा फछर्यौंट गरिएको समेत उनले जानकारी दिनु दिए।
जम्मा २१ हजार १ सय ७३ वटा मुद्दामा ८ हजार ३ सय २४ वटा मुद्दा फछर्यौंट गरिएको हो। बाँकि १९ हजार ६ सय ५ वटा मुद्दा फछर्यौट हुन बाँकि रहेको सर्वोच्चले जनाएको छ।
सर्वोच्च अदालतले आर्इतबारबाट नियमित पत्रकार सम्मेलन सुरु गरेको छ। न्याय सम्पादन तथा अन्य कामकार्वाहीको सूचना आम संचार माध्यामको पहुँचमा अधिकतम पुर्याउन नयाँ वर्षसँगै नियमित सर्वाेच्चले पत्रकार सम्मेलन आयोजना गर्न सुरु गरेको हो।
पत्रकार सम्मेलन शनिबारबाहेक हरेक दिन अपरान्ह ५ बजेबाट साँढ ५ बजेसम्म हुनेछ।