मनोरञ्जन मुख्य समाचार

नायक अनमोल केसीलाई भेट्न भन्दै भागेर आएका ४ जना भारतीय किशोरीको उद्धार

नायक अनमोल केसीलाई भेट्न भन्दै भागेर आएका ४ जना भारतीय किशोरीको उद्धार

काठमाडौं । तपाईंले भारतीय नायक नायिकालाई भेट्न भनेर घरबाट भागेका किशोर किशोरीका समाचार त सुन्नु भएकै थियो । तर अब नेपाली कलाकारलाई भेट्न भारतीय किशोर किशोरी पनि घरबाट भागेर नेपाल आउन थालेका छन् । 

 

नेपाली नायक अनमोल केसीलाई भेट्न भन्दै घरबाट भागेर आएका चार जना भारतीय बालिका काठमाडौंमा भेटिएपछि अब भारतीयहरु पनि नेपाली कलाकारलाई भेट्न घरबाट भाग्न थालेका छन् भन्ने पुष्टि भएको छ । 

 

भारतबाट भागेर आएका १४ वर्ष मुनिका ४ जना किशोरीलाई माइती नेपालले काठमाडौंको कोटेश्वरबाट उद्धार गरेको माइती नेपालका  निर्देशक विश्वराम खड्काले जानकारी दिए । अनमोल केसीलाई भेट्न घरबाट भागेर काठमाडौं अलपत्र परेपछि भारत कालिङपोङमा रहेको परिवारलाई खबर गरेका थिए । 

 

भारतीय किशोरीका परिवारले कालिम्पोङको एक गैर सरकारी संस्थामा सम्पर्क गरेको र त्यो संस्थाले काठमाडौंको माइती नेपालमा बिहान सम्पर्क गरेपछि किशोरीको उद्धार गरिएको हो ।

 

उद्धार गरिएका किशोरीलाई माइती नेपालमा नै राखिएको छ । उनीहरुको बारेमा जानकारी लिएर घर फर्काइने माइती नेपालका निर्देशक खड्काले बताए । 

 

नेपाली चलचित्र र नेपाली नायक नायिका नेपाली भाषी भारतीयहरुबीच निक्कै नै लोकप्रिय हुन्छन् । चलचित्रकै प्रभावमा परेर किशोरीहरु नायक अलामोललाई भेट्न नेपाल आएको अनुमान छ ।

 

अनमोलले अभिनय गरेका गाजलु, ड्रिम्स, होस्टल, जेरीलगायतका चलचित्र चर्चित छन् । उनको पछिल्लो चलचित्र कृले नेपाली भाषीको बाहुल्यता रहेको भारतीय बजारमा पनि राम्रो बजार पाएको थियो । 

उद्धार नायक अनमोल केसी भारतीय बालिका

विशेष