खेल प्रदेश ७

डीपीएल: सिवाइसी अत्तरियाको विजयी सुरुवात, रुपन्देही च्यालेन्जर्स ९ विकेटले पराजित

डीपीएल: सिवाइसी अत्तरियाको विजयी सुरुवात, रुपन्देही च्यालेन्जर्स ९ विकेटले पराजित

काठमाडौं । सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिग (डीपीएल-२) मा रुपन्देही च्यालेन्जर्समाथि ९ विकेटकाे फराकिलाे विजयी सुरुवात गरेको छ ।

 

रुपन्देही च्यालेन्जर्सले दिएको ६२ रनको सामान्य लक्ष्य अत्तरियाले ७.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो । अत्तरियाको जितमा विदेशी खेलाडी गौरव चितक्राले आक्रमक ब्याटिङ गर्दै १३ बलमा नटआउट ३० रन बनाए। उनले २ चौका र ३ छक्का प्रहार गरे।

 

यस्तै अत्तरियाको कप्तानी सम्हालिरहेका सुवास खकुरेलले १४ बल खेल्दै ४ चतौकाको मद्दतमा १९ रन जोडे । अत्तरियाका प्रेम तामाङ १४ रनमा नटआउट रहे। 

 

रुपन्देहीलाई अलआउट गर्न सिवाइसी अत्तरियाका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । आफ्नो ४ ओभर स्पेलमा ऐरीले १५ रन खर्चे। यस्तै शुभांकर उरावले २.२ ओभर बलिङ गर्दा १ मेडन राख्दै ७ रन खर्चेर ३ विकेट लिए ।

 

कृष्ण कार्की, दीपेन्द्र सिंह ऐरी र विपिन चन्द्रले समान १ विकेट लिए । रुपन्देहीका लागि जितेन्द्र मुखियाले १ विकेट लिए ।

 

त्यसअघि धनगढीस्थित एसएसपी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्स १५.२ ओभरमा मात्र ६१ रनमा अलआउट भयो। 

 

१० खेलाडिले दोहोरो रन जोड्न नसकेको रुपन्देहीका लागि विदेशी खेलाडी सुफ्यान मेहमुदले नटआउट रहदै २० रन बनाए । मेहमसदले २५ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरे। 

 

ओपनरद्वय प्रदिप ऐरी र सागर पुन शुन्यमा आउट भएपछि रुपन्देहीका कुनैपनि ब्याट्सम्यानले क्रिजमा टिक्ने धैर्यता देखाउन सकेनन्।

 

उसका विक्रम भुषाल र कप्तान शक्ति गौचन समान ८, दीपक प्रसाद ५, सिद्धान्त लोहनी ४ तथा अमरसिंह रौटेला १ रनमै आउट भए ।

 सुशान भारीले रनको खाता खोल्न सकेनन् भने दीपेश श्रेष्ठ २ रन बनाएर बउट भए।

विशेष