ला लिगामा एथ्लेटिकोसँग लेभान्टे पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले लेभान्टेलाई पराजित गरेको छ । मड्रिडमा भएको खेलमा लेभान्टे घरेलु टिमसँग ३–० ले पराजित भएको हो ।
एथ्लेटिको मड्रिडलाई जिताउनका लागि एंगल कोरेयाले ३३ औं मिनेटमा, एन्टोनी ग्रिजमनले ४८ औं मिनेटमा र फर्नाण्डो टोरेसले ७७ औं मिनेटमा गोल गरे ।
जितसँगै एथ्लेटिकोले ७१ अंक बनाएको छ भने लेभान्टे रेलिगेशन क्षेत्रभन्दा पाँच अंकमात्र माथि छ ।
ला लिगा