देश प्रदेश ६

विद्यार्थीलाई पोशाक वितरण कार्य सुरु

विद्यार्थीलाई पोशाक वितरण कार्य सुरु

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थिहरुका लागी पोशाक वितरण कार्य सुरु गरेको छ। 

 

आधारभुत विद्यालय स्यालखोलामा आयोजना गरीएको औपचारिक कार्यक्रमकाबीच  पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकर र नगरप्रमुख विशाल शर्माले पोशाक वितरण कार्य सुरु गरेका हुन्।

 

सो अवसरमा कोरियन नागरिक डा पार्क र योनले विद्यालयलाई व्यवस्थापनको लागि ५ हजार अमेरिकी डलर हस्तान्तरण गरेका थिए भने भने आगामि दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

रुकुम पोशाक वितरण

विशेष