भिडियो स्ट्रेट फरवार्ड कभर स्टोरी

‘१९५० को सन्धि ठिक हो’ भन्नेको दानापानी विदेशबाट आउँछ (भिडियोसहित)

‘१९५० को सन्धि ठिक हो’ भन्नेको दानापानी विदेशबाट आउँछ (भिडियोसहित)

काठमाडौं । डा. प्रेमसिंह बस्न्यात, कडा र चोटीलो अभिव्यक्ति दिने निडर विश्लेषकका रुपमा चिनिन्छन् । नेपाली सेनाका पूर्वजनरलसमेत रहेका बस्न्यातले यसपटक नेपालआजसँगको भिडियो कुराकानीका क्रममा विचारोत्तजक धारणा राखेका छन् । 

 

केपी ओलीले बोआओ सम्मेलन छाडेर भारत भ्रमणमा जानुलाई बस्न्यातले भारतको सफलता र केपी ओलीको असफलता मानेका छन् । भारतले ओली प्रधानमन्त्री हुनुअघि नै सुष्मा स्वराजलाई ओलीलाई फकाउन ‘तेलको टिन’ बोकाएर पठाएको बताए । 
केपी ओली कराएर हिँडे पनि भारतले तेल लगाउँदा लगाउँदा थाङनामा सुताइदिएको बस्न्यात दावी गर्छन् । 

 

बस्न्यातको मतमा भारतले नेपाललाई संसारका अरु देशसँग सम्बन्ध टुटाउन चाहेको बताए । बस्न्यात भन्छन्, ‘भोलि भारत नेपालका लागि खतरा हुन सक्छ । त्यो बेला नेपालका सहयोगी संसारका अरु देश बन्न सक्छन् । यसकारण हामीले भारतको चाल बुझ्नु पर्छ । कसैले छिमेकीसँगको सम्बन्ध अरुको जस्तो होइन भनेर लिखित रुपमा लेख्नु पर्छ भन्छन् भने त्यो गलत हो ।’


केपी ओलीसँग निक्कै आक्रामक बनेका बस्न्यातले प्रश्न गरे, ‘इयुको प्रतिवेदनलाई प्रधानमन्त्रीले विरोध गरे । सभामुख कृष्णबहादुर महराले प्रतिवेदन बुझे । यसो किन भयो ? जनतालाई जवाफ चाहियो ।’

बस्न्यातले माओवादीभित्र सयौं नेताहरु क्रिष्चियन रहेको दावी गर । उनले इयुको प्रतिवेदन बुझनेहरुलाई ‘नमक हराम’ को संज्ञा दिए । 

 

इयुको प्रतिवेदनले दिएको सुझावले नेपालमा जातीय द्वन्द्व बढाउन केन्द्रीत भएकोले यो खतरनाक रहेको बस्न्यात बताउँछन् । नेपालमा युरोपेली युनियनको पैसा खाएर चुच्चो नाक र थेप्चो नाकमा जनता विभाजन गरेर एक आपसमा लडाउनेहरु नेपाली पनि रहेको उनको मत छ । 

 

उनले भने, ‘नेपाल आमाका यस्ता कपुतहरुलाई डाँडा कटाउनु पर्छ ।’
 

नेपाल र भारतबीच भएको १९५० को सन्धिले नेपाललाई पराधीन सरह बनाएको बस्न्यात बताउँछन् । उनी भन्छन्, ‘नेपालको अन्नपानी खानेले १९५० को सन्धि ठिक भन्दैन । कतैबाट केही पाएर खाएर १९५० को सन्धि ठिक भन्नेहरु होलान । अरुको कुरा बोलिदेलान । तर भन्छु कि यो सन्धि घातक हो । म लोकराज बराल होइन । बराल त यस्ता मान्छे हुन् जसले शेरबहादुर देउवा भारत जाने बेला उनीकहाँ पुगेर १९५० को सन्धिका कारण हाम्रो देशको पराराष्ट्र र सुरक्षा भारतको छातामुनी छ भनेका थिए । टिभीमा बोले, अन्नपूर्ण पोस्ट्मा छापियो ।’

स्ट्रेट फरवार्ड डा. प्रेमसिंह बस्न्यात युरोपेली युनियन

विशेष