स्वास्थ्य

महिलामा हुने बाँझाेपन समस्या र यसकाे उपचार तरिका

महिलामा हुने बाँझाेपन समस्या र यसकाे उपचार तरिका

बाँझोपन महिला तथा पुरुषमा हुने जटिल समस्या हो । सन्तान उत्पादन गर्न नसक्ने भएकाले यस्तो समस्याले मानिसलाई अत्यधिक पीडासमेत दिने गर्छ ।

 

कतिपय बाँझोपनलाई औषधिको सहायताले समाधान गर्न सकिन्छ भने कतिको उपचार नै सम्भव नै छैन । विशेषगरी महिलामा हुने बाँझोपनलाई तीन भागमा वर्गीकरण गरिएकाे छ । ती बाँझाेपन र त्यसकाे उपचार यसप्रकार छन् :


१. आदि बन्ध्यत्व अर्थात् यस्तो महिला जसले पूरै जीवनमा कहिल्यै पनि गर्भाधारण गर्न सक्दैनन् । यस्तो समस्यालाई प्राइमरी स्टेरेलिटी पनि भनिन्छ ।

२. बाँझोपनको दोस्रो अवस्था चाइल्ड स्टेरेलिटी हो । यो त्यस्तो समस्या हो, जसमा एक मात्र सन्तान जन्माएपछि महिलाहरू पुन गर्भाधारण हुन सक्दैनन् । यसलार्इ बाँझोपन नै भन्न मिल्दैन । तथापि यसलाई पनि बाँझोपनको एउटा समस्या मानिएकाे पाइन्छ । 


३. यस्तो प्रकारको बाँझोपनमा महिलाको गर्भाधारण त हुन्छ तर डेलिभरी हुनुभन्दा केही समयपहिला नै गर्भश्राव भई गर्भपतन हुन्छ । यस्तो समस्यालाई रिलेटिक स्टेरेलिटी भनिन्छ ।

 

यस्तो प्रकारको बाँझोपनलाई पनि दुई भागमा बाँडएकाे छ । एकथरीमा पूर्ण बाँझोपन हुन्छ, जसको उपचार नै सम्भव छैन । अर्को अपूर्ण बाँझोपन हुन्छ । यस्तो समस्या भएकाले उचित औषधोपचारका माध्यमबाट निको पार्न पनि सकिन्छ ।

होमियोप्याथिक उपचार

यसका विभिन्न उपचार विधि हुन्छन् । यद्यपि, होमियोप्याथिक औषधिले पनि यस्तो समस्याको समाधान गर्न सकिन्छ ।

 

सिपिया–३०/शक्ति – गर्भाशयसँग सम्बन्धित रोग तथा बाँझोपनका लागि यो मुख्य औषधि हो । यसको बिहान र बेलुकी सेवन गर्नुपर्छ ।

 

प्लेटिना – अनियमित महिनावारी, तीव्र कामवासना, अत्यन्त संवेदनशील र भावुक स्वाभाव, हिस्टियालगायत समस्याका लागि प्लेटिनाको प्रयोग गरिन्छ ।

थ्लेपसी वर्सा पेस्टोरिस महिनावारीबाहेकको समयमा पनि रक्तश्राव हुने, खराब रगत निस्कने, महिनवारीको समय दुखाइ हुनेलगायत समस्या भएकाले यस्तो औषधि सेवन गर्नुपर्छ ।

यसका साथै पल्सेटिला, कल्केरिया कार्ब कोनियम, नेट्रम म्युर, बोरेक्स, मेडोरिनम, कालिफोस, कल्करिया फ्लोर, लकेसिस, आरम मेट, औभाटोस्टा, थायरायडिनम, फासफोरस, फेम मेटालिकमलगायत औषधि पनि प्रयोग गर्न सकिन्छ ।

 

तर, यस्तो औषधि चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्न जरुरी हुन्छ ।

विशेष