मनोरञ्जन चाडै आउदैछ

'चङ्गा'को 'कम्पनी माला' रिलिज

'चङ्गा'को 'कम्पनी माला' रिलिज

काठमाडौं । फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ। प्रचारप्रसारको लागि फिल्म युनिटले ‘कम्पनी माला’ बोलको गीत भिडियोसहित युट्युब रिलिज गरेको हो।


सार्वजनिक गीतमा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको छ। राजनराज स्वयंमले संगीत दिएको गीतमा राजेन्द्र थापाको शब्द रहेको छ।


मुख्य कलाकारहरु फिचर्ड गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ। एरेञ्जको काम शैलेन्द्र प्रधानले गरेका छन्। निर्देशक किशोर भण्डारी ‘डिट्ठासाब’ले सार्वजनिक गीतलाई फिल्मको कथा र परिवेश सुहाउँदो रहेको बताए।


फिल्ममा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी ‘चङ्गा’मा लिड अभिनयमा छन्। निर्देशक भण्डारीकै कथा समावेश फिल्मको निर्मात्री कलाकार समेत रहेकी रेश्मा नै हुन्। 
 

फिल्म ‘चङ्गा’ कम्पनी माला गीत भिडियो

विशेष