सर्वोच्च अदालतमा पाैने ११ अर्ब उठ्न बाँकी
काठमाडौं । सर्वोच्च अदालतले मुद्दा फर्स्याैटबाट भएको दण्ड जरिवाना उठाउन विशेष अभियान सञ्चालन गरे पनि निष्प्रभावी बनेको छ।
सर्वोच्च अदालतको ०७३/७४ को वार्षिक प्रतिवेदनअनुसार सजायबापतको १० अर्ब ६० करोड ७७ लाख रुपैयाँ असुल हुन बाँकी छ।
१४ अर्ब ६३ करोड १९ लाख ११ हजार ६५८ मध्ये कैद भुक्तान र दण्ड जरिवानातर्फ चार अर्ब दुई करोड ४१ लाख ६२ हजार ८३५ रुपैयाँ असुल भएको छ।
विशेष अभियान लागू गरेपछि १६ सय २२ वर्ष नौ महिना २१ दिन कैद असुल भएको छ। कैद र जरिवाना असुली गरिएका व्यक्तिको संख्या चार हजार ७०१ रहेको छ।,याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।