देश प्रदेश १

३३ केजी सुनकाण्ड: प्रदेशसभामा प्रवेश पायो, सरकारसँग जवाफ माग

३३ केजी सुनकाण्ड: प्रदेशसभामा प्रवेश पायो, सरकारसँग जवाफ माग

विराटनगर । ३३ केजी सुनकाण्डले प्रदेश १ को प्रदेशसभामा प्रवेश पाएको छ । मोरङ उर्लावारीका सनम शाक्यको हत्या र सुनकाण्डबारे भइरहेको अनुसन्धानबारे प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको जवाफ माग गरेका हुन् ।


माओवादी सांसद कुलप्रसाद सम्वाले सनम शाक्यको हत्या र सुनकाण्ड प्रहरीको हाई कमाण्डसँग जोडिएको बताए । उसले यसबारे सरकारको जवाफ मागरेका छन् ।


कांग्रेस सांसद केदार कार्कीले प्रदेश नं १ को शान्ति सुरक्षा खस्किएको भन्दै प्रदेश सरकारको आलोचना गरे । प्रदेशमा पछिल्ला समय अपराधिक घटना दिनानुदिन वढेको भन्दै उनले शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार असफल भएको बताए ।


प्रदेश सरकारलाई कर्मचारीले नटेरेको, गाईघाटमा भएको बम विष्फोटका घाइते पारस राईको पैसा अभावमा उपचारमा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद कार्कीले प्रदेश संसद भवनका चारैदिशामा सीसीक्यामेराको निगरानीसहित प्रहरी विट स्थापना गर्न समेत माग गरेका छन् ।


अर्का सांसद जयराम यादवले भारतीय दूताबासको सम्पर्क कार्यालयमा भएको बम विष्फोटको घटनाबारे ध्यानाकर्षण गराए । संघीय समाजवादी फोरमका सांसद यादवले बम विष्फोटबारे छानबीन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरे ।


मंगलबारको बैठकमा सांसदहरुले आफनो क्षेत्रको विकास निर्माण र नदी नियन्त्रण, सडक, शान्ति सुरक्षा लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।


सांसदहरुले उठाएको प्रश्नको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जवाफ दिए । प्रदेशका विभिन्न ठाउँमा भएका बम विष्फोट, व्यक्ति  लक्षित आक्रमणप्रति प्रदेश सरकारको गम्भीर ध्यानकर्षण भएको उनले बताए ।

प्रदेश १ ३३ केजी सुनकाण्ड प्रदेशसभा

विशेष