खेल

आईपीएल : कोलकातासँग दिल्ली ७१ रनले पराजित

आईपीएल : कोलकातासँग दिल्ली ७१ रनले पराजित

काठमाडाैं । इण्डियन प्रियिमर लिग अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले दिल्ली डेयरडेभिल्सलाई ७१ रनको भारी अन्तरले हरायो ।

 

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले अर्धशतक पार गर्दै ५९ रनको योगदान दिए ।

 

यस्तै एन्ड्रु रसेलले ४१ रन बनाए । क्रिस लिन र रविन उथप्पाले पनि क्रमशः ३१ र ३५ रनको योगदान दिए । बलिङतर्फ दिल्लीका राहुल टेवाटियाले तीन विकेट लिए भने ट्रेन्ट बोल्ट र क्रिश मोरिसले २–२ विकेट हात पारे ।


२ सय १ रनको लक्ष्य पछ्याएको दिल्ली १४.२ ओभरमा १ सय २९ रनमा अलआउट भयो । यस क्रममा ग्लेन म्याक्सवेल र रिषब पन्तले मात्र दोहोरो अंकको रन जोडे ।

 

म्याक्सवेलले ४७ तथा पन्तले ४३ रन बनाए । दिल्लीलाई सस्तैमा समेट्नका लागि सुनिल नाराइन र कुलदिप यादवले ३–३ विकेट लिए ।

कोलकाता दिल्ली

विशेष