मुख्य समाचार प्रदेश ३

प्रदेश ३ को राजधानी फेरबदल हुँदैन : देउवा

प्रदेश ३ को राजधानी फेरबदल हुँदैन : देउवा

हेटौँडा । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश ३ को स्थायी राजधानी हेटौ‌ँडा नै हुने बताएका छन् । हेटौँडालार्इ स्थायि राजधानी बनाउनु पर्ने मागसहितको ज्ञापनपत्र  बुझ्दै देउवाले आफू प्रधानमन्त्री हुँदा प्रदेशको अस्थायी मुकाम तोकेको भन्दै अब फेरबदल नहुने बताएका हुन् ।  

 

हेटौँडा राजधानी बनाउन कांग्रेस सकारात्मक रहेको भन्दै देउवाले अन्य दलसँग पनि पहल थाल्न सुझाव दिए । देउवालाई मकवानपुरका राजनीतिक एवं आर्थिक क्षेत्रको टोलीले मंगलबार ज्ञापनपत्र बुझाएको थियो। 

 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले देउवालाई प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त हुने आधारसहितको ज्ञापनपत्र बुझाएका थिए । 

 

ज्ञापनपत्र बुझाउन मकवानपुरका प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रदेश ३ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल लगायतको टोली पुगेको थियो।
 

शेरबहादुर देउवा प्रदेश ३

विशेष