समाज फोटो

'ज्योतिष ज्यू ! विदेश जाने योग छ कि छैन ?'

चन्द्र राई

'ज्योतिष ज्यू ! विदेश जाने योग छ कि छैन ?'

काठमाडौं । केही अनुसन्धान अनुसार पूर्वीय समाज भाग्यवादी छ । अनुसन्धानकर्ता तथा बुद्धिजीवी डोरबहादुर बिष्टले पनि आफ्नो पुस्तक ‘फेटलिजम एण्ड डेभलपमेन्ट’मा यस्तो उल्लेख गरे ।

 

नयाँ वर्ष सुरु भएसँगै ‘आगामी वर्षमा देशको भाग्य कस्तो हुनेछ ?’ भनी बौद्धिक वर्ग तथा मिडियाहरुले ज्योतिषसँग परामर्ष लिँदैआएका छन् । त्यसैको प्रभाव हुनसक्छ, नयाँ वर्षको सुरुदेखि नै ज्योतिषकहाँ जाने र ‘भाग्य–भविष्य’ सोध्नेहरुको भीड बढ्दो छ ।


पछिल्लो समय ईन्टरनेटको माध्यमबाटै ‘भाग्य–भविष्य हेर्नमिल्ने’अभ्यास ब्यापक हुँदैआएको छ । ज्योतिषहरु अचेल टेलिभिजनबाटै दर्शकको भविष्यवाणी गर्न थालेका छन् । थुप्रै ज्योतिष कार्यालय खोलेरै चिना हेराउने, हात हेराउने गर्न थालेका छन् ।

 

डिजिटलको ब्यापक प्रयोग बढेपछि सडकछेउमा बसेर हात हेराउनेहरुको जागिर धरापमा पर्न थालेको छ । यसको असर प्रत्यक्ष देखिन्छ, रत्नपार्क आसपास सडकछेउमा छाता ओडेर बस्ने ज्योतिषहरु ग्राहकको पर्खामा दिनभर बस्छन् ।

 

ज्योतिष शिक्षा अध्ययन गरे वा गरेनन् तर रत्नपार्कछेउ ‘भाग्य र भविष्यवाणी’गर्ने भन्दै बस्ने ज्योतिषहरुकहाँ हात हेराउन जाने युवाको संख्या पछिल्लो समय कम छ ।

 

तैपनि यहाँ पुग्ने युवाहरु प्रायः ‘विदेश जाने योग छ कि छैन ? मेरो भाग्य र भविष्य कस्तो छ ?’ जस्ता जिज्ञासा राख्छन् । ज्योतिषहरु भने अनेक बहानामा ‘ग्रह शान्ति’ गराउने सल्लाह दिएर हैरान बनाउँछन् । अर्को कुरा, यसरी सडकछेउ बस्ने ज्योतिषसँग विषयको ज्ञान र विज्ञताको आधिकारिकता हुँदैन ।

 

ईन्टरनेट, ज्योतिष कार्यालय वा सडकछेउमै बस्ने ज्योतिषहरुप्रति शिक्षित युवाको समेत विश्वास अनपेक्षित रुपमा बढ्दो छ । आखिर बेरोजगारी समस्याले युवा पुस्तामा तनाव बढाउँदै छ । र उनीहरु अनेक उपायको खोजीमा भौँतारिन्छन् । खासगरी विदेश जानु त आम नेपाली युवाको नियती नै बनेको छ ।

 

राज्यले रोजगारी श्रृजना गराउन नसक्दा, नागरिकका आधारभुत हक स्थापित हुन नसक्दाको परिणाम यसरी ज्योतिषको भर पर्ने गरेको देखिन्छ ।

 

 


 

 

ज्योतिष फोटोफिचर

विशेष